नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २९ चैतमा हुने निर्वाचनका लागि नरेश गेलालको नेतृत्वमा संयुक्त व्यवसायी समूहको उम्मेदवारी घोषणा गरिएको छ । बुधबार प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा संयुक्त व्यवसायी समूह बनेको हो । संघका पूर्वमहासचिव नरेश गेलालको नेतृत्वमा बनेको प्यानलले १७ सदस्यीय टोली घोषणा गरेको छ।
गेलाल नेतृत्वको समूहमा सुजितकुमार श्रेष्ठ प्रथम उपाध्यक्ष, मधुकर रिजाल द्वितीय उपाध्यक्ष, बैकुण्ठ पौडेल तृतीय उपाध्यक्ष, कर्णराज कटुवाल महासचिव, अनिल बोगटी सचिव, र धनु सिँजाली मगर कोषाध्यक्ष छन्। कार्यसमिति सदस्यहरूमा देउमान नेम्बाङ, राजेन्द्र बस्नेत, चन्द्र लिम्बू, हिमा गुरुङ, रमा खड्का, दिनेश बस्नेत, कामेश्वर साह, छत्र बस्नेत, युवराज देवकोटा, र राजेश यादव रहेका छन्। अन्तिम समयमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका असन्तुष्ट पक्ष मध्येबाट सुजितकुमार श्रेष्ठलाई प्रथम उपाध्यक्ष र कर्णराज कटुवाललाई महासचिवको उम्मेदवार बनाई समूहलाई पुर्णता दिइ घोषणा गरिएको हो । उता पूर्वनिर्धारण गरिएका प्रगतिशिल मञ्चका उम्मेदवारहरु सञ्जु गुरुङ र जनक रावल भने आफ्नै समूहसँग असन्तुष्ट बनेका छन् । गेलाल नेतृत्वको उम्मेदवारहरुको घोषणा सभामा बोल्ने बक्ताहरुले सिन्डिकेटविरुद्ध यो समूह बनेको बताएका थिए। उम्मेदवार घोषणासभामा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गरेका थिए। यसअघि नै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले भुवनसिंह गुरुङको नेतृत्वमा अर्को समूह घोषणा गरी प्रचारप्रसार सुरु गरिसकेको छ।
भिडियो: https://youtu.be/VxabuBlWkww