पोर्चुगलले उच्च दक्ष बाहेक सबै कामदार भिसा बन्द

पोर्चुगल सरकारले उच्च दक्ष कामदार बाहेक अन्य सबै प्रकारका कामदार भिसा जारी गर्ने प्रक्रिया बन्द गरेको छ । पोर्चुगल सरकारले आधिकारीक रुपमा लिस्बनस्थीत नेपाली दूतावासलाई औपचारिक जानकारी गराईसकेको छ ।

यसै सन्दर्भमा लिस्बनस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ती जारी गरी नेपालबाट पोर्चुगल पठाइदिने भनेर प्रलोभन देखाउने दलाल वा संस्थाबाट सावधान रहन आग्रह गरेको छ। भिसा बन्द भएको अवस्थामा यस्तो प्रलोभनमा परे ठगीमा पर्ने सम्भावना उच्च हुने दूतावासको भनाइ छ।

दूतावासले यस विषयमा अध्ययन र पोर्चुगलका सम्बन्धित निकायहरूसँग निरन्तर परामर्श भइरहेको पनि जनाएको छ। साथै, कुनै निर्णय लिन अघि आधिकारिक स्रोतबाट मात्र सूचना लिन नागरिकहरूलाई ध्यानाकर्षण गराइएको छ।

गत आर्थिक वर्षमा एक हजार ९ सय ८९ नेपालीहरु रोजगारी गर्न पोर्चुगल पुगेका थिए भने २० जना पूनःश्रम स्वीकृति लिई गएका थिए ।

सम्बन्धित समाचार