काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले सूचिकृत गरेका तीन वटा स्वास्थ्य संस्थाको नाम खारेज गरेको छ। यसअघि वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५९क० को उपनियम ८ बमोजिम ती स्वास्थ्य संस्थाहरुले सूचिकरण नविकरणका लागि आवेदन नदिएको र मन्त्रालयले सोधेको स्पष्टीकरण पनि सन्तोषजनक नभएको पाइएपछि मन्त्रालयले मन्त्रीस्तरिय निर्णयमार्फत तिनको सूचिकरण खारेज गरेको हो।
खारेज गरिएका स्वास्थ्य संस्थाहरुमा ललितपुरको नख्खुस्थित ‘गोल्डेन गेट पोलिक्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टर’, काठमाण्डौको स्वयम्भूमा रहेको ‘मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल’ र ‘रोज ईन्टरनेशनल मेडिकल सर्भिसेज’ रहेका छन्।

You must be logged in to post a comment.