मलेसियाका मानव संशाधन मन्त्री र श्रममन्त्री भण्डारी बिच भेटवार्ता, नयाँ श्रमसम्झौताको विषयमा छलफल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मलेसियासँगको श्रम सम्बन्धलाई अझ सुदृढ बनाउँदै दुई देशबीचको सम्बन्ध दीर्घकालीन मैत्रीपूर्ण साझेदारीमा परिणत हुने आशा व्यक्त गरेका छन्।

जेनेभामा मङ्गलवार मलेसियाका मानव संशाधन मन्त्री स्टीभन सिम ची किओङसँग भएको द्विपक्षीय वार्ताको क्रममा मन्त्री भण्डारीले ठूलो संख्यामा नेपाली श्रमिकलाई रोजगारीको अवसर प्रदान गरिरहेकोमा मलेसिया सरकारप्रति आभार व्यक्त गरे।

उनले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले दुवै देशको आर्थिक प्रगति र समृद्धिमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरे। श्रमिक र जनस्तरको सम्बन्धले दुई देशबीचको आपसी समझदारी बलियो बनाएको उल्लेख गर्दै उनले यस्ता प्रयासले कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

छलफलको क्रममा मन्त्री भण्डारीले सन् २०१९ अक्टोबर २९ मा हस्ताक्षर गरिएको श्रमिक भर्ना, रोजगारी तथा पुनः प्रेषणसम्बन्धी द्विपक्षीय सम्झौता सन् २०२३ अक्टोबरमा समाप्त भइसकेको कुरा स्मरण गराउँदै नयाँ सम्झौताको प्रक्रिया अघि बढिसकेको जानकारी दिए। उनका अनुसार दुबै देशका सम्बन्धित मन्त्रालयहरूले प्रारम्भिक मस्यौदा आदान–प्रदान गरिसकेका छन् र मलेसियाली पक्षले उक्त मस्यौदाको अध्ययन गरिरहेको छ। उनले मलेसिया सरकारबाट छिट्टै अन्तिम निर्णय हुने आशा व्यक्त गरे।

सामाजिक सुरक्षा संगठनले हालै कार्यान्वयनमा ल्याएको २४ घण्टे सुरक्षा योजनाको प्रशंसा गर्दै मन्त्री भण्डारीले यसले काम बाहेकको समयमा दुर्घटना, मृत्यु र अन्त्येष्टि खर्चका लागि पनि सुरक्षाको ग्यारेन्टी दिएको बताए।

वार्ताको क्रममा उनले मलेसिया सरकारले विदेशी श्रमिकहरूका लागि लागू गरेको न्यूनतम १७ सय मलेसियन रिंगेट तलब नीतिप्रति कृतज्ञता व्यक्त गरे। साथै, उनले मलेसियामा रहेका नेपाली श्रमिकहरूले भोग्दै आएका प्रमुख समस्याहरूको सूची प्रस्तुत गर्दै ती समस्याहरूप्रति गम्भीर ध्यान दिन आग्रह गरे। ती समस्याहरूमा निम्नबमोजिमका विषय समावेश छन्:उक्त समस्याहरू समाधानका लागि मन्त्री भण्डारीले गम्भीर रूपमा ध्यान दिन आग्रह गर्दै मलेसिया सरकारसँग सक्रिय सहकार्यको अपेक्षा राखे।

हालसम्म (२०२४ डिसेम्बर ३१ सम्म) मलेसियामा करिब ३ लाख ७० हजार नेपाली श्रमिक कार्यरत रहेका छन्।

सम्बन्धित समाचार