जापानमा रोजगारीको अवसर खोज्ने नेपाली युवाहरूलाई लक्षित गर्दै यूनिभर्सल ल्याङ्ग्वेज एण्ड कम्प्युटर इन्स्टिच्युट (यूएलसिआई) ले नयाँ परीक्षा प्रयोगशाला NPJ04 को मंगलबार उद्घाटन सम्पन्न गरेको छ।
पुतलीसडक स्थीत यूएलसिआई को नयाँ परीक्षा प्रयोगशालाको नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ का अध्यक्ष राजेन्द्र बराल र युएलसिआईका सिइओ उत्तम प्रसाद पन्तले संयुक्त रुपमा गर्नुभएको थियो ।
शैक्षिक परामर्शदातृ संद्ध संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको समुद्घाटन समारोहमा बोल्दै महासंघका अध्यक्ष राजेन्द्र बरालले रोजगारीका लागि जापान जान चाहने युवाहरुलाई मा विस्तारित भाषा परिक्षाको नयाँ ल्याबले अझ सहज बनाउने बताउनु भयो ।
विगत लामो समय देखि अन्तरष्ट्रिय भाषा परिक्षाको टेष्ट सेन्टरको रुपमा केन्द्रित भई यूएलसिआई ले काम गरिरहेको भन्दै अध्यक्ष बरालले शैक्षिक परामर्श क्षेत्रकै लागि गर्विलो संस्था बनेको भन्दै प्रंशंसा गर्नु भएको थियो । उहाँले टेष्ट सेन्टरको कार्य गरेबाट यूएलसिआई ले भाषा अध्ययन र विधार्थी परामर्श सेवा पूर्णरुपमा छाडेकाले टेष्टका लागि निश्चिन्त भई विधार्थी यूएलसिआई मा पठाउन महासंघले अभियान नै चलाउने बताउनु भयो ।
यूएलसिआईका सिइओ पन्तले जापान जान चाहनेहरुका लागि सरल सहज र सुबिधायुक्त तरिकाले भाषा परिक्षामा सहभागी हुन सकिने गरी नयाँ प्रयोगशालाको शुभारम्भ गरिएको बताउनु भयो । एउटै संस्थाले पढाउने, उसैले परिक्षा लिने र भाषा परिक्षामा उतिर्ण तिनै विधार्थीहरुलाई विदेश जान समेत परामर्श गर्ने जस्ता कार्य गर्न यूएलसिआई लाई नैतिकताले नदिएकाले पछिल्लो समय भाषा टेष्टलाई मात्र लक्षित गरी काम गरिरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा शैक्षिक परामर्श व्यवसाय क्षेत्रका प्रतिनिधीहरुले यूएलसिआईको भाषा परिक्षाको ल्याबहरुको गुणस्तर र सेवाको प्रंशसा गरेका थिए ।
यूएलसिआई ले २०१८ देखि नै नेपालमा SSW परीक्षा सञ्चालन गर्दै आइरहेको छ। पहिलो पटक NPJ01 नामक SSW टेस्ट सेन्टर स्थापना गरेर हजारौं नेपालीहरूलाई जापानको Specified Skilled Worker (SSW) कार्यक्रमअन्तर्गत रोजगारीको अवसरमा टेवा पुर्याएको थियो। नयाँ परीक्षण प्रयोगशाला NPJ04 को शुभारम्भसँगै यूएलसिआईले एकैपटक ३० जना थप परीक्षार्थीहरूको परीक्षा सञ्चालन गर्न सक्ने क्षमता हासिल गरेको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको यो अत्याधुनिक प्रयोगशालाले SSW परीक्षा दिने इच्छुकहरूका लागि पहुँच अझ सहज बनाउने बताइएको छ ।