वैदेशिक रोजगारमा जानेहरुले गर्नुपर्ने स्वास्थ्य जाँचका विषय थप, शुल्क पनि बढ्यो

वैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले महत्वपूर्ण संशोधन गरेको छ। संशोधित कार्यविधिमा कामदारको सम्पूर्ण स्वास्थ्य अवस्था सूक्ष्म रूपमा मूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य विवरण र पूर्वइतिहास:
अब कामदारको विस्तृत चिकित्सा इतिहास अनिवार्य गरिनेछ। यसमा मधुमेह, उच्च रक्तचाप, क्षयरोग, मुटु, मिर्गौला, श्वासप्रश्वास, क्यान्सर, अपोप्लेक्सी लगायतका रोगको विवरण समावेश गर्नुपर्नेछ।

अनिवार्य प्रयोगशाला परीक्षणहरू:

  • रगतको पूर्ण परीक्षण (CBC, Platelets, ESR)
  • क्षयरोग जाँच (X-ray, Mantoux, Sputum AFB, Gene Expert)
  • मिर्गौला, कलेजो, र इलेक्ट्रोलाइट जाँच
  • HIV, HCV, HBsAg, VDRL जाँच
  • छालाका रोग, पेशी तथा हड्डीसम्बन्धी समस्या, हेपाटाइटिस B/C, ट्युबरकुलोसिस, AIDS आदि रोगको परीक्षण

विशेष परीक्षण:
३० वर्षभन्दा माथिका उमेर समूहका लागि ‘Lipid Profile’ अनिवार्य छ भने जोखिम समूह अनुसार थाइराइड, ECHO, Audiogram, ECG, र नशालु पदार्थ (Cannabis, Opiates, Methamphetamine, Cocaine) को परीक्षण डाक्टरको सिफारिसमा गरिनेछ।

गन्तव्य मुलुकअनुसार छुट्टै परीक्षण मापदण्ड:
मलेसिया, साउदी अरब, खाडी देशहरू तथा युरोपेली मुलुकहरूका लागि आवश्यक मेडिकल परीक्षण ती देशका आवश्यकता अनुसार हुनेछन्। सम्बन्धित प्रमाणित मेडिकल सेन्टरहरूले ती परीक्षण गर्नेछन्।

प्रयोगशाला र पूर्वाधार सुधार:

  • उच्च क्षमताको एक्स–रे, अल्ट्रासाउन्ड, बायोकिमिस्ट्री, हेमाटोलोजी उपकरण अनिवार्य
  • चिकित्सक, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट लगायत दक्ष जनशक्ति राख्नुपर्ने
  • गुणस्तर मापन प्रणाली (IQAS, EQAS), र केन्द्रीय डाटा व्यवस्थापन प्रणाली लागू गरिने

यो संशोधनले नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षालाई सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, कामदार पठाउने प्रक्रिया अझ पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्ने सरकारी प्रतिबद्धता यसबाट देखिएको छ। स्वास्थ्य परीक्षण मापदण्डसँगै परीक्षण शुल्क पनि नौ हजार पाँचसय पु¥याइएको छ ।

सम्बन्धित समाचार