गत आर्थिक वर्ष २०८१/८२ मा साढे १२ सय नेपाली श्रमिकले प्रवासमै जीवन गुमाएका छन् । वैदेशिक रोजगार बोर्डले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार, विदेशमा मृत्युवरण गरेका १२ सय ५० श्रमिकका परिवारलाई बोर्डले कल्याणकारी कोषबाट प्रति परिवार १० लाख रुपैया आर्थिक सहायता वितरण गरेको छ। मृत्यु भएकामध्ये ११८० जनाको शवलाई बोर्डले त्रिभुवन विमानस्थलबाट घरसम्म पु¥याइदिएको छ।
गत आर्थिक वर्षमा ६९८ जना गम्भीर बिरामी वा अंगभंग भएका श्रमिकहरू उपचार सहायता बोर्डद्धारा उपलब्ध गराइएको छ। यस्तै, २७५ जना श्रमिक परिवारलाई स्वास्थ्य उपचारमा, ३९९० श्रमिक सन्तानलाई छात्रवृत्ति, र ७० जना अलपत्र परेका श्रमिक शब झिकाउन रकम उपलब्ध गरिएको छ।
बोर्डले १४,४५८ जना युवाले निःशुल्क सीप विकास तालिम पाए भने ४५६१ जना विदेशबाट फर्किएका युवाहरुलाई पुनःस्थापनाका लागि सीप तालिम दिइएको छ। ८७८ जना महिला श्रमिकले आवासीय तालिम पाएको र २१६४ जनाको पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिदाँको रकम शोध भर्ना गरिएको बोर्डले जनाएको छ।