मलेशिया रोजगारीमा सिण्डिकेटको चलखेलप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रेस विज्ञप्ति

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारीमा पुनः सिन्डिकेट प्रणाली लागू गर्ने कुनै पनि प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मलेसिया श्रम बजार पूर्ण रूपमा खुला भइसकेको अवस्थामा सीमित समूहलाई फाइदा पुग्ने गरी सिन्डिकेट, एकाधिकार वा अतिरिक्त अनिवार्य प्रक्रिया लागू गरिए नेपाली श्रमिकमाथि अनावश्यक आर्थिक भार थपिने, वैदेशिक रोजगारीको लागत बढ्ने तथा स्वस्थ प्रतिस्पर्धा प्रभावित हुने चेतावनी दिएको छ।

संघले नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपालस्थित मलेसियाली दूतावास र मलेसिया सरकारसँग निष्पक्ष छानबिन गरी कुनै पनि प्रकारको सिन्डिकेट रोक्न आग्रह गरेको छ। साथै, यस्ता गतिविधि रोक्न आवश्यक परे कानुनी तथा नीतिगत कदमसहित चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सञ्चालन गर्ने चेतावनी दिएको छ।

सम्बन्धित समाचार