पोखरा र भैरहवाको विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान प्रतियात्रु ३ हजार रूपैयाँ सस्तो हुने

सरकारले विमानस्थलको सेवा शुल्क खारेजी गरेपछि पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रतियात्रु ३ हजार रूपैयाँ सस्तो हुने भएको छ । यो निर्णयले दुबै विमानस्थलप्रति वायुसेवा कम्पनि र यात्रुहरुलाइ आकर्षित हुने देखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले आउँदो २०८३ भदौ सम्मका लागि विमानस्थल सेवा शुल्क पूर्णरूपमा छुट दिने निर्णय भएको जानकारी दिए ।

अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु सेवा शुल्कबापत प्रतिटिकट ३ हजार बराबर शुल्क लगाउँदै आएको छ । यो शुल्क काठमाडौं विमानस्थलबाट विदेश उड्नेका हकमा भने हटाइएको छैन ।

सम्बन्धित समाचार