सेयर बजारमा अब गैरआवासीय नेपालीलाई लगानी गर्ने अवसर

नेपाल सरकार र गैरआवासीय नेपाली (एनआरएन) को संयुक्त लगानीमा स्थापित कम्पनीले अब प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्न पाउने भएको छ।

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका ०८१ संशोधनमार्फत सरकारले यो व्यवस्था गरेको हो, जसका बारेमा संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिएका छन्।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले नेपालको इतिहासमा पहिलो पटक गैरआवासीय नेपालीलाई लक्षित गर्दै धितोपत्र निष्कासनको व्यवस्था गरिएको भन्दै यस निर्णयको स्वागत गरे।

संघको स्थापना कालदेखि विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालमा भित्र्याउने काम भइरहेको छ र यसलाई अझ संगठित रूपमा साना तथा मझौला लगानीलाई नेपालमा ल्याउने उद्देश्य अनुरूप एनआरएन नेपाल डेभलप्मेन्ट फण्डको स्थापना गरिएको थियो।

सम्बन्धित समाचार