कोरियामा मौसमी कामदार पठाउने विषयमा कुनै निर्णय नभएको मन्त्रालयको स्पष्टिकरण

कोरियामा मौसमी कामदार पठाउने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्पष्ट पारेको छ।मन्त्रालयले हालसम्म न त कोरियासँग यस्तो किसिमको सम्झौता नभएको र मौसमी कामदारका लागि कुनै सूचना सार्वजनिक नगरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको हो ।
‘नेपाल सरकार र कोरिया सरकारबीच मौसमी कामदार सम्बन्धी सम्झौता भइसकेको छ र भगिनी सम्बन्ध भएका स्थानीय तहहरूले मन्त्रालयमा सम्पर्क गर्नू’ भन्ने आशयको पत्र सामाजिक सञ्जालमा प्रसारित भएपछि मन्त्रालयले स्पष्ट पारेको हो । मन्त्रालयको छाप तथा अधिकारीको हस्ताक्षर दुरुपयोग गर्नेमाथी कारवाही अगाडि बढाउन सम्बन्धित निकायलाई पत्राचार समेत गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार