दैनिक पाँच सयभन्दा बढी नेपाली श्रमिक युएई जानबाट रोकिँदै

हालै नेपालमा भएको जेन जी आन्दोलन ले केवल आन्तरिक राजनीति र समाजमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभाव पारेको छ। आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र जेलबाट कैदी भाग्ने घटनाले सुरक्षा चिन्ता बढाएको बताइन्छ। यसैबीच, संयुक्त अरब इमिरेट्स ले नेपाली नागरिकलाई दिने भिजीट र वर्किङ भिषामा कडाइ गरेको खबरले नेपाली समाजमा नयाँ तरंग ल्याएको छ।

दैनिक रोजगारीको खोजीमा विदेशिने नेपालीहरूको ठूलो हिस्सा युएईलाई रोज्ने गर्छन्। वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार गत आर्थिक वर्षमा मात्रै २ लाख ७४ हजार ५ सय ९० श्रमिक युएई रोजगारीका लागि पुगेका थिए । अहिले पनि कामका लागि जाने तयारीमा रहेका हजारौ युवाहरुमा भिषा बन्द भएको समाचारले अन्यौलता बढाएको छ । काममा मात्र हैन भिजिट भिषामा समेत युएई ठुलो संख्यामा नेपालीहरु जाने मुलुक हो । सन् २०२४ मा १ लाख ३३ हजार ९७ जना नेपालीहरु भिजिट भिषामा युएई गएको अध्यागमन विभागले जनाएको छ ।

यसैबीच, नेपालस्थित युएई दूतावास र सम्बन्धित निकायले भने औपचारिक सूचना सार्वजनिक गरेका छैनन्। युएईमा रहेको नेपाली राजदूतावासले समेत आधिकारिक पत्र नआएको जनाएको छ।

आन्दोलनपछि बढेका सुरक्षात्मक चिन्ताले यसमा भूमिका खेलेको सरोकारवालाहरुको बुझाई छ।युएईले भिषा रोक्दा दैनिक ५ सय बढि श्रमिक रोजगारीमा त्यहा जानबाट बञ्चित भएका छन् । उता भिजिट भिषामा युएई पठाउँदै तेश्रो मुलुक मानव तस्करी गर्ने गिरोहहरु भने भिजिट भिषा रोकिदाँ अत्तालिएका छन् ।

सम्बन्धित समाचार