इम्पेरियल वर्ल्ड स्कूलका विद्यार्थीहरूद्वारा ‘म्याटिल्डा’ नाटकको भव्य मञ्चन

इम्पेरियल वर्ल्ड स्कुलका विद्यार्थीहरूले प्रसिद्ध बाल साहित्य ‘म्याटिल्डा’ मा आधारित नाटक म्यान्डला थिएटर, काठमाडौंमा मञ्चन गरेका छन्।
रोआल्ड डालको चर्चित पुस्तक म्याटिल्डा मा आधारित यो नाटकले एक असाधारण बालिका को प्रेरणादायी कथा प्रस्तुत गरेको छ। बाल साहित्यमा विश्वभर लोकप्रिय यस कथालाई नाटकका रूपमा गत माघ २८ देखि फागुन १ गतेसम्म मण्डला थिएटरमा इम्पेरियलका विद्यार्थीहरूको जीवन्त अभिनय गरेका हुन ।


विद्यार्थीहरूलाई सिर्जनात्मक अभिव्यक्तिको अवसर प्रदान गर्नुको साथै दर्शकहरूलाई मनोरञ्जनसँगै शिक्षा दिने उदेश्यले इम्पेरियल वल्र्ड स्कुलले नाटक प्रस्तुत गरेको थियो । नाटकमा मुख्य पात्र म्याटिल्डा, प्रिन्सीपल, मिस हनी, मटिल्डाको बुवालगाएतको भूमिकामा विद्यार्थीहरुको प्रभावशाली अभिनयले दर्शकहरूलाई मोहित बनाएको थियो। बालवालिकाहरुको आत्मविश्वासपूर्ण प्रस्तुति, दमदार संवाद, आकर्षक पोशाक, संगीत, र प्रकाश प्रविधिले नाटकलाई अझ जीवन्त बनाएको थियो। लाग्थ्यो यो नाटक विधार्थीहरुद्धारा होइन व्यवसायीक रंगकर्मीहरुद्धारा प्रस्तुत भइरहेको छ ।

मटिल्डा नाटकको भित्र रहेको संगीतमय प्रस्तुती नाटकको अर्को महत्वपुर्ण र रोचक पक्ष रहेको थियो ।
नाटक हेर्न आएका अभिभावक, शिक्षक, तथा कला प्रेमीहरूले विद्यार्थीहरूको प्रयासको खुलेर प्रशंसा गरेका थिए। नाटकले बालबालिकाको संघर्ष, ज्ञानको शक्ति, र विकृतिहरुविरुद्धको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरेको दर्शकहरूले बताएका थिए।


पुर्णरुपमा विधार्थीहरुको मात्र अभिनय रहेका उक्त नाटकको निर्देशन रंगकर्मी तथा लेखक टंक चौलागाँईले गरेका हुन । नाटकमा करिब एक सय विद्यार्थीहरूको सहभागिता रहेको थियो । आत्मविश्वासमा अभिवृद्धि गर्नुका साथै सिर्जनात्मक क्षमताको विकास गर्न नाटकले महत्वपुर्ण भुमिका खेलेको निर्देशक चौलागाँइले बताए । विद्यालयको हलमा प्रस्तुति गरिरहेका वालबालिकाहरुले थिएटरमा सयौ दर्शकमाझ अभिनय गर्न पाउदाँ उनीहरुमा आत्मविस्वास बढेको उनको भनाइ थियो । छोटो समयको अभ्यासमै इम्पेरियलका बिधार्थीहरुले उत्कृष्ट प्रदर्शन गरेको भन्दै उहाँले विद्यालयको सम्पुर्ण टिमको सहकार्यले मात्र यो सम्भव भएको बताए ।
थिएटरमा पहिलो पटक विधार्थीहरुलाइ मटिल्डामार्फत उभ्याएको इम्पेरियल वल्र्ड स्कुलले वर्षेनी यसलाइ निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित समाचार