४० दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनमै सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन्।

जीपीएअनुसार ३.६१ देखि ४.०० ल्याउने १७ हजार ७८६, ३.२१ देखि ३.६० ल्याउने ६४ हजार ८२१, २.८१ देखि ३.२० ल्याउने ९४ हजार २४९, २.४१ देखि २.८० ल्याउने ५० हजार ५९७, २.०१ देखि २.४० ल्याउने ४ हजार ३०८ तथा १.६१ देखि २.०० जीपीए ल्याउने ९ जना विद्यार्थी रहेका छन्।

आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ३६ हजार ४२० जना ग्रेडेड भएका छन्। आंशिकतर्फ ग्रेडेड प्रतिशत ४२.३८ रहेको बोर्डले जनाएको छ।

नियमित र आंशिक गरी कुल ४ लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए। दुवै समूह जोड्दा कुल ६४.१३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। साथै नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

सम्बन्धित समाचार