इजरायलमा दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदारहरुको रुपमा छनौट भएका ७० जनाको भिसा जारी भएकाले प्रस्थानका लागि तयारी अबस्थामा बस्न बैदेशिक रोजगार विभागले सूचना जारी गरेको छ । भिसा प्राप्त गर्नेहरुमा ४० जना महिला र ३० जना पुरुष कामदार रहेका छन् । इजरायलद्धारा भिसा जारी गरेको सहायक कामदारहरुको सूचि प्रकाशित गर्दै विभागले मार्चको पहिलो साताबाट उडान हुनसक्ने भएकाले सम्पुर्ण तयारी पुरा गरेर बस्न आग्रह गरेको छ । विभागले श्रमस्वीकृतिका लागि आवश्यक सम्पुर्ण प्रकृया गर्न समेत भनेको छ । इजरायल प्रस्थान गर्नुपूर्व ध्यान दिनुपर्ने विषयमा समेत विभागले विज्ञप्तीमार्फत सचेत गराएको छ ।

You must be logged in to post a comment.