इराक बाहेक अन्य खाडी देशका लागि श्रम स्वीकृति खुला

सरकारले इराक बाहेक अन्य सबै खाडी देशमा जाने श्रमिकका लागि रोकेको श्रम स्वीकृति पुनः खुला गरेको छ।यसअघि साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनान, टर्की र इजरायललगायत देशहरूमा उत्पन्न तनावलाई मध्यनजर गर्दै नयाँ श्रम स्वीकृतिमा अस्थायी रोक लगाइएको थियो। तर पछिल्लो निर्णयसँगै इराक बाहेक ती देशहरूमा पुनः श्रम स्वीकृति खुला गरिएको हो।

विभागका अनुसार इराकको हकमा भने नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार हाललाई श्रम स्वीकृति स्थगित नै रहनेछ। अन्य देशका लागि व्यक्तिगत, संस्थागत तथा वैधिकरणसम्बन्धी सबै प्रकारका श्रम स्वीकृति पूर्ववत् रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिइएको छ।

सम्बन्धित समाचार