औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले उद्यमशीलता विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले एक हप्ते निःशुल्क तालिमका लागि आवेदन आह्वान गरेको छ। व्यवसाय सुरु गर्न चाहने तथा आफ्नै उद्यम स्थापना गर्ने सोच बनाइरहेका युवायुवतीका लागि यो कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ।
तालिममार्फत व्यवसाय सुरु गर्ने तरिका, व्यवसायीक योजना निर्माण, बजार व्यवस्थापन तथा वित्तीय व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा व्यावहारिक ज्ञान प्रदान गरिनेछ। सहभागीहरूले वास्तविक व्यवसायिक चुनौतीहरू बुझ्दै सीप विकास गर्ने अवसर पाउनेछन्।
इच्छुक व्यक्तिहरूले उपलब्ध लिंकमार्फत (https://drive.google.com/drive/folders/1E45pFRWAVMwWgxQ3MQNJra_QiL_fJ-O8?usp=sharing) आवेदन फाराम डाउनलोड गरी आवश्यक विवरण भरेर पेश गर्नुपर्नेछ। आवेदनका लागि एसइइ वा सो सरह उत्तीर्ण भई १६ वर्ष पूरा गरी ५० वर्ष ननाघेका नेपाली नागरिक योग्य हुनेछन्।
प्रतिष्ठानका अनुसार आवेदन बुझाउने अन्तिम म्याद बैशाख १४ गते (सोमवार) सम्म तोकिएको छ। तालिम बैशाख २५ गतेदेखि पहिलो व्याच र जेठ ३ गतेदेखि दोस्रो व्याच सञ्चालन हुने कार्यक्रम रहेको छ।