कम्पनी रजिष्ट्रारको एआई कल सेन्टर सुरु

अब कम्पनी दर्ता, प्रक्रिया र प्रशासनिक जानकारी लिन कार्यालय धाउनु पर्ने दिन अन्त्य भएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले अत्याधुनिक एआई (AI) आधारित कल सेन्टर सेवा सञ्चालनमा ल्याउँदै सेवाग्राहीलाई नयाँ अनुभव दिने तयारी गरेको छ।

कार्यालयद्वारा जारी सूचनाअनुसार यो सेवा २४ घण्टा उपलब्ध रहनेछ, जसबाट सेवाग्राहीले जुनसुकै समयमा पनि आफ्नो जिज्ञासा समाधान गर्न सक्नेछन्। अब कागजात, प्रक्रिया, सेवा सुविधा वा कार्यालयसम्बन्धी जानकारी लिनका लागि केवल एउटा फोन कल नै पर्याप्त हुनेछ।

९७००००४६९४ नम्बरमा फोन गर्दै सेवाग्राहीले तुरुन्तै आवश्यक सूचना प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। एआई प्रणालीले छिटो, स्पष्ट र सहज रूपमा जानकारी दिने भएकाले सेवाग्राहीको समय र श्रम दुवै बचत हुने अपेक्षा गरिएको छ।

कार्यालयले यो सेवा कम्पनी दर्ता तथा दर्तापछिका गतिविधिलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सुरु गरिएको जनाएको छ ।

सम्बन्धित समाचार