साउदी अरेबियाले एक्जिट वा पुनः प्रवेश भिसा लिएर म्याद सकिनु अघि फर्कन नसकेका विदेशी कामदारमाथि लगाइएको ३ वर्षे प्रतिबन्ध हटाएको छ।
साउदी अरेबियाको राहदानी निर्देशनालयले विभिन्न विभाग, प्रवेश बिन्दु, एयरलाइन्स, र ट्रान्जिट टर्मिनलहरूलाई प्रतिबन्ध हटाइएको जानकारी दिँदै यस्ता कामदारहरूलाई पुनः प्रवेशको अनुमति दिन सूचित गरेको छ।
नयाँ नियम मंगलबारदेखि लागू भएको छ। यसअन्तर्गत, एक्जिट/पुनः प्रवेश भिसामा साउदी छाडेर ३ वर्ष बितिसक्दा आफ्नो वैध अवधिभित्र नफर्केका आप्रवासीहरूलाई पुनः प्रवेशमा रोक लगाउने नियम खारेज गरिएको छ।
विशेषज्ञहरूले यस निर्णयलाई साउदी अधिकारीहरूले श्रम र लगानीको वातावरण सुधार गर्न थालेका निरन्तर प्रयासहरूको एक हिस्सा मानेका छन्।