प्रिन्सिपलका लागि त्रिविको केन्द्रीय क्याम्पसमा पुनः आवेदन माग

त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि आवेदन कम परेपछि दोस्रो पकट आवेदन माग गरिएको छ । त्रिविको शिक्षाध्यक्षको कार्यालयले माघ ७ गते सूचना निकाली फेरि आवेदन माग गरेको हो । २८ पुसमा पहिलो पटक सात दिनको समय दिएर प्रिन्सिपलका लागि आवेदन माग गरिएको थियो । कार्यालयले इच्छुक उम्मेदवारहरुले माघ ११ गते सम्म आवेदन दिन पाउने जनाएको छ । आवेदन कम परेपछि दोस्रो पकट आवेदन माग गरिएको शिक्षाध्यक्षको कार्यालय श्रोतले जनाएको छ । हालका क्याम्पस प्रिन्सिपल ध्यानेन्द्र राईको कार्यकाल आगामी माघ १९ गते सकिँदै छ ।

सम्बन्धित समाचार