के के छन् शिक्षकको २२ बुँदे माग?

गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरुले अहिले विद्यालय थप्प पारी आन्दोलन चर्काएका छन्। उनीहरूको मुख्य माग भनेको विद्यालय शिक्षा ऐन तत्काल जारी गरी पुराना सहमति कार्यान्वयन गर्नु हो। सरकारले वार्ताका लागि आह्वान गर्दा समेत नगएका शिक्षकहरुका वृस्तृत मागहरु निम्नानुसार छन् ।

प्रमुख मागहरूः
अस्थायी शिक्षक स्थायिकरण
राहत, करार, बालविकास तथा प्राविधिक धाराका शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गरी उमेर सीमा नराख्ने र गोल्डेन ह्याण्डसेकको व्यवस्था।

विद्यालय कर्मचारी
सबै विद्यालयमा तहअनुसार कर्मचारी दरबन्दी कायम, सेवा स्थायिकरण, अवकाशका सुविधा सुनिश्चित गर्ने।

बालविकास शिक्षक
बालविकास कोटा ‘प्राथमिक तृतीय’ सरह बनाइ स्थायी प्रक्रिया अघि बढाउने।

स्थायी शिक्षक
बढुवा प्रणाली सुधार, ग्रेड र तलब निजामती सरह बनाउने, आन्तरिक प्रतिस्पर्धा, सेवा अवधिको गणना र पेन्सन व्यवस्था सुनिश्चित।

द्वन्द्वपीडित र संस्थागत शिक्षक
द्वन्द्वपीडित शिक्षकलाई सेवाअवधि गणना गरी लाभ दिने। निजी विद्यालय शिक्षकको तलब सामुदायिक शिक्षकसरह कायम गर्ने।

प्रधानाध्यापक व्यवस्था
छुट्टै दरबन्दी बनाई शिक्षक सेवा आयोगबाट छनोट गर्ने।

शिक्षण काउन्सिल
शिक्षकको तालिम, दर्ता र विकासका लागि अधिकार सम्पन्न निकाय गठन।

शिक्षक सरुवा र मूल्याङ्कन
सरुवा प्रक्रिया स्पष्ट बनाउने, कार्यसम्पादन मूल्याङ्कनको अधिकार शिक्षा निकायमा राख्ने।

पेसा प्रवेश उमेर
शिक्षण पेसा प्रवेशको अधिकतम उमेर ४० वर्ष बनाउने।

अन्य व्यवस्थाहरू
विद्यालय व्यवस्थापन समिति सुधार, शिक्षाको जिल्ला इकाइ, पद समायोजन, सम्पत्ति प्रयोग नियम, प्राविधिक ग्रेड, मर्यादाक्रम, दरबन्दी मापदण्ड र शिक्षक ट्रेड युनियन अधिकार संरक्षण।

सम्बन्धित समाचार