कुलमान सर्वोच्चमा, जनता सडकमा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले विभिन्न आरोप लगाउँदै गत सोमबार बर्खास्त गरेको छ। उनले लोडशेडिङ अन्त्य गरी प्राधिकरणलाई नाफामा पुर्याए पनि उर्जामन्त्री र प्रधानमन्त्रीसँगको असमझदारीका कारण पदमुक्त भएका हुन्। बर्खास्तीको मुख्य कारणहरूमा कार्यसम्पादन प्रतिवेदन नबुझाउनु, भारतसँग अनधिकृत सम्झौता, सरकारको निर्देशन अवज्ञा गर्नु, बक्यौता असुल नगर्नु, अनधिकृत विदेश भ्रमण, र सार्वजनिक अभिव्यक्ति समावेश छन्। कुलमान सर्वोच्च पुगेका छन् भने जनता सडकमा उनको समर्थनमा उत्रिएका छन्।

Video: https://www.youtube.com/watch?v=DKEqlrKH31M&t=2s

सम्बन्धित समाचार