मध्यपूर्वमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै कुवेतमा बसोबास गरिरहेका नेपाली नागरिकलाई साउदी अरब हुँदै नेपाल यात्रा गर्नका लागि साउदी भिसा अनलाइनमार्फत आवेदन दिन कुवेत स्थीत नेपाली दूतावासले आग्रह गरेको छ ।
दूतावासले जारी गरेको सूचनामा कुवेतमा वैध Resident Permit (Kuwaiti Civil ID) भएका र साउदी अरबको विमानस्थल हुँदै नेपाल जान चाहने नेपाली नागरिकहरूले साउदी भिसाका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने उल्लेख गरिएको छ।
दूतावासका अनुसार भिसा प्राप्त भएपछि कुवेतबाट स्थलमार्ग हुँदै साउदी अरब प्रवेश गर्न सकिने र त्यहाँको विमानस्थलबाट नेपालतर्फ यात्रा गर्न सकिने व्यवस्था रहेको छ।
मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिका कारण यात्रामा सहजता ल्याउन तथा आवश्यक तयारी गर्न नेपाली नागरिकलाई समयमै भिसा प्रक्रिया पूरा गर्न दूतावासले अनुरोध गरेको छ।

You must be logged in to post a comment.