जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने सम्बन्धमा इजाजत पत्र प्राप्त १०४३ वटै म्यानपावर कम्पनिले मागपत्र प्रमाणिकरण गराउन सक्ने जापान स्थीत नेपाली राजदुतावासले स्पष्ट पारेको छ । केहि सिमित वैदेशिक रोजगार व्यवसायीहरुलाई जापान कामदार पठाउने प्रक्रियामा सहभागी गराउने हल्ला बाहिरिएपछि सूचनामार्फत नेपाली राजदूतावास, टोकियोले नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पूर्ण रूपमा इजाजत प्राप्त सबै संस्थाहरुले श्रमिक पठाउन सकिने व्यवस्था गरिएको जनाएको छ। इजाजत लिएका सबै संस्थाहरुको विवरण दूतावासले जापानका सम्बन्धित मन्त्रालयमा पठाइसकेको जनाएको छ ।
नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृत कार्यक्रमअनुसार, जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने प्रक्रिया कार्यविधि, २०८० बमोजिम हुने सूचनामा उल्लेख छ।