वैदेशिक रोजगार विभागको कडाइ, स्वदेशी विमानस्थल प्रयोग अनिवार्य

वैदेशिक रोजगार विभागले विदेश रोजगारीमा जाने नेपाली कामदारलाई स्वदेशी विमानस्थल प्रयोग गरी यात्रा गराउन वैदेशिक रोजगार व्यवसायीहरूलाई निर्देशन दिएको छ।

विभागले जारी गरेको सूचनाअनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ बमोजिम विदेश रोजगारीका लागि पठाइने कामदारलाई स्वदेशी विमानस्थलमार्फत पठाउनुपर्ने व्यवस्था रहेको जनाएको छ। कुनै विशेष कारणवश विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आएमा विभागको पूर्वस्वीकृति लिएर तोकिएको प्रक्रिया पूरा गरी मात्र प्रयोग गर्न सकिने व्यवस्था रहेको उल्लेख गरिएको छ।

विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका इजाजतप्राप्त संस्थाहरूलाई ऐन तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १८ मा भएको व्यवस्थाअनुसार आफ्ना संस्थाबाट विदेश रोजगारीमा पठाइने कामदारहरूको उडान कार्य स्वदेशी विमानस्थलबाटै सुनिश्चित गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार