इम्पेरियलमा दोश्रो संस्करणको काठमाडौँ कला साहित्य महोत्सव सम्पन्न

हात्तिगौडा काठमाण्डौमा रहेको इम्पेरियल वर्ल्ड स्कुलले दोस्रो संस्करणको काठमाडौँ कलासाहित्य महोत्सव सम्पन्न गरेको छ । माघ १७ र १८ गते दुई दिनसम्म चलको महोत्सवको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले गरेका थिए । महोत्सवको उद्घाटनपछि बोल्दै नगर प्रमुख अधिकारीले वालबालिकाहरुको सिर्जनात्मक क्षमता विकास गराउन इम्पेरियल स्कुलले गरिरहेको प्रयासको प्रशंसा गरेका थिए । नगरपालिका भित्र विद्यालयको गुणस्तर सुधारका लागि निजि र सामुदायिक विद्यालयको साझेदारी कार्यक्रम सफलतापुर्वक संचालन भइरहेको भन्दै उनले निजि विद्यालयले एउटा सामुदायिकसँग साझेदारी गर्नै पर्ने प्रावधान पालिकामा गरिएको बताए ।

बरिष्ठ पत्रकार युवराज घिमिरेले जीवनमा कला साहित्यको ठुलो महत्व रहेको भन्दै विद्यार्थिले देखेका अनुभव गरेको कुराहरुलाइ सिर्जनात्मक रुपमा उजागर गर्न इम्पेरियलले महत्वपुर्ण अवसर दिएको बताए ।

स्कुलका प्रिन्सीपल जुनीता कार्कीले विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई कथा, कविता, गीत, नाटक तथा चित्रका  माध्यामबाट उजागर गर्नकै लागि विद्यालयले गत वर्षबाट कला तथा साहित्य महोत्सव आयोजना गरिरहेको बताइन । महोत्वसकै अवसरमा विद्यालयका बालबालिकाहरूले नै लेखेको नेपाली भाषाको कविता सङ्ग्रह पल्लव र अङ्ग्रेजी भाषाको इकोज अफ द वन्डरफुल माइण्ड नामक पुस्तकको विमोचन गरिएको थियो ।

काठमाण्डौ कला तथा साहित्य महोत्वसको उद्घाटन सत्रलगत्तै साहित्य र कलाको माध्यमबाट बालबालिकाको सिर्जनशील भविष्यको निर्माण सम्बन्धी प्यानल छलफल संचालन गरिएको थियो । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमि र टिभी निर्देशक तथा निर्माता अमन प्रताप अधिकारी बक्ताको रुपमा छलफलमा सहभागी भएका थिए ।

महोत्वसमा नाटक, पपेट शो, कविता, नृत्य, चित्रकला प्रदर्शनीलगाएतका गतिबिधी विद्यार्थिद्धारा प्रस्तुत गरिएको थियो ।

साहित्य महोत्सवमा कला, भाषा, कथा कविता लेखन, नाटक, मिडिया तथा सामाजिक सञ्जालले पारेको प्रभाव लगायतका विभिन्न क्षेत्रका विज्ञहरूले विद्यार्थीसँग सम्बन्धित विषयमा विशेष अन्तरक्रिया तथा कार्यशाला मार्फत छलफल समेत गरेका थिए ।

सम्बन्धित समाचार