नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता हुने

काठमाडौं–नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौतापत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्‍ले स्वीकृति दिएको छ। साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच चाँडै सम्झौता हुने तयारी छ।

सन् २०१० देखि प्रयास हुँदै आएको यो सम्झौता श्रम मन्त्रालयले अन्तिम रुप दिएको हो । श्रम मन्त्री शरत सिंह भण्डारीले लाखौं नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदीसँग समझदारी भएपछि अब श्रमिकले अन्तर्राष्ट्रिय मानव अधिकार सिद्धान्तअनुसारको अधिकार र “इम्प्लोयर पे” नीतिअनुसार सुविधा पाउने बताएका छन्।

सन् २०३४ को फिफा विश्वकप तयारीका क्रममा साउदीले श्रम नीतिमा पछिल्लो समय केहि सुधार गर्दै लगेको छ ।

सम्बन्धित समाचार