नेपालमा विदेशी नागरिकको दर्ता तथा ट्र्याकिङ प्रणाली लागू

काठमाडौं – नेपाल सरकारले विदेशी नागरिकहरूको आगमन, उपस्थिति, बसोबास तथा गतिविधिहरू व्यवस्थित गर्नका लागि विदेशी नागरिक दर्ता तथा अनुुगमन प्रणाली (Foreign Nationals Registration and Tracking System) लागू गरेको छ।

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले सार्वजनिक तथा निजी सेवा प्रवाह गर्ने संस्थाहरूलाई सो प्रणाली अनिवार्य रूपमा लागू गर्न अनुरोध गरेको छ। विभागले वेबसाइट (https://www.immigration.gov.np) मार्फत आवश्यक सूचना उपलब्ध गराउने जनाएको छ।

यस प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको आगमनदेखि बासस्थान र गतिविधिसम्मको विवरण दर्ता र ट्र्याकिङ हुनेछ। यसले नेपालको राष्ट्रिय सुरक्षामा योगदान पु¥याउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ।

प्रणालीको पहिलो चरण २०८२ साल असोज १ गतेदेखि काठमाडौं उपत्यकाका तारे होटलहरूमा अनिवार्य रूपमा लागू गरिनेछ। दोस्रो चरणमा असोज १५ गतेदेखि सबै स्तरका होटल, विमान कम्पनी, ट्राभल एजेन्सी, बस सेवा प्रदायक, तथा सार्वजनिक र निजी सेवा प्रदायक संस्थाहरूमा समेत विस्तार गरिनेछ।

सम्बन्धित समाचार