वैदेशिक रोजगार प्रस्थानपूर्वको अभिमुखिकरण तालिम अब देशगत समुह कलस्टरमा

आजबाट वैदेशिक रोजगारमा जानु पूर्व दिइने अभिमुखिकरण तालिम देशगत समुह कलस्टर अनुसार कार्यन्वयनमा आउन थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरको निर्णय बमोजिम विभागले २०८१ माघ १ गतेबाट कलस्टर अनुसार अभिमुखिकरण तालिमलाई कार्यन्वयनमा लैजान तालिम प्रदायकहरुलाई सूचिकरणका लागि आह्वान गरेको थियो । जुनै देशमा राजगार गर्न जानेहरुका लागि यसअघि एउटै तालिम संस्थाले दिने दिने अभिमुखिकरण नयाँ व्यवस्था बमोजिम अब देशगत कलस्टरमा सूचिकृत भएकाहरुले मात्र दिन पाउने भएका छन् ।

वैदेशिक रोजगार विभागले माघ १ गतेबाटै देशगत कलस्टरमा छनौट भएका संस्थाहरुले तालिम संचालनको प्रवन्ध मिलाउन निर्देशक दिएको छ । देशगत कलस्टरमा छनौटका लागि छुटेका अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुका लागि विभागले सूचना प्रकाशन गरी गत पौष २८ गतेसम्म आवेदन दिन आग्रह गरेको थियो । कलस्टर छनौट भएका संस्थाहरुले एकभन्दा बढि कलस्टरमा समेत तालिम संचालन गर्न पाउने भएका छन् । त्यसका लागि आफुले संचालन गर्न चाहेको कलस्टर सम्बन्धि पुर्वाधार र प्रशिक्षकहरुको योग्यता विवरण खुलाई तालिम संचालन गर्नु सात दिन अगाडी निवेदन पेश गर्नुपर्ने विभागले जनाएको छ ।

सम्बन्धित समाचार