वेदान्त-विज्ञान संवादको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

जीवनको उत्पत्ति र विकासक्रममा वेदान्त र विज्ञानबीच संवादको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन काँडाघारीस्थित अक्षरा स्कुलमा सम्पन्न भएको छ । जीवनको गहिरो अर्थ र ब्रह्माण्डीय रहस्यलाई उजागर गर्ने प्रयास गरेको सम्मेलनमा नेपाल, भारत, र अमेरिकाका झण्डै ३० जना प्राध्यापक र आध्यात्मिक चिन्तकहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। ४५० जना सहभागीहरूको उपस्थिति रहेको सम्मेलनलाई शनिवार कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नुभएको थियो ।

जीवनको उत्पत्ति, चेतना, र विकासक्रमबारे गहन छलफल गरियो। वक्ताहरूले डार्बिनको सिद्धान्तका सीमितताहरू र वैदिक अवधारणाको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रमका वक्ताहरूमा डा.भक्ति निष्काम सन्त महाराज, डा. भक्ति विज्ञान मुनि महाराज, डा. रजनी मल्ल, डा. जयप्रकाश अग्रवाललगायतका व्यक्तित्वहरूले आफ्नो प्रस्तुति दिनुभएको थिायो । अध्यात्म र विज्ञानको संगमलाई उजागर गर्ने र नयाँ पुस्तामा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलन सफल रुपमा सम्पन्न भएको सहआयोजक अक्षरा स्कुलका संस्थापक निर्देशक अञ्जु भट्टराइले वताउनु भयो । सम्मेलनले वेदान्त र विज्ञानबिचको संवादलाई अगाडि बढाउने तथा भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको उहाँको भनाइ थियो ।

अक्षरा स्कुलका संस्थापक निर्देशक अन्जु भट्टराई र सम्मेलनका अध्यक्ष डा. भक्ति निष्काम सन्त महाराजले कार्यपत्र प्रस्त्रोताहरुलाइ मायाको चिनो प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार