स्वास्थ्य बिमा भुक्तानीमा तीव्रता, एक सातामै रु १ अर्ब ३ करोड निकासा

स्वास्थ्य बिमा भुक्तानीमा देखिएको समस्या समाधानतर्फ उन्मुख भएको छ। सरकारले पछिल्लो एक सातामा स्वास्थ्य बिमाबापत रु १ अर्ब ३ करोड विभिन्न स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गरेको छ।

उक्त रकमबाट १५५ सरकारी, २५ सामुदायिक र ३७ निजी अस्पताल लाभान्वित भएका छन्। विपन्न नागरिकका लागि मिर्गौला डायलाइसिस, मुटुरोग, स्पाइनल इन्जुरी तथा गम्भीर चोटपटक उपचारबापतको शोधभर्ना रकमसमेत भुक्तानी गरिएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ।

स्वास्थ्य बिमा कार्यक्रमलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन सरकारले चालु आर्थिक वर्षका लागि रु १५ अर्ब बजेट विनियोजन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ले बक्यौता रकम क्रमशः भुक्तानी गर्दै जाने र कार्यक्रमलाई थप पारदर्शी तथा व्यवस्थित बनाइने बताएकी छन्।

सम्बन्धित समाचार