दक्षिण कोरियाको रोजगारीका लागि नेपाली कामदार छनोट गर्ने उद्देश्यले आयोजना हुने ‘ईपीएस(टोपीक’ ९भ्एक्(त्इएक्ष्प्० भाषा परीक्षा आवेदन खुला गरिएको छ। मानव संशाधन विकास सेवा, कोरिया ९ज्च्म् क्भचखष्अभ या प्यचभब० को समन्वयमा सञ्चालन हुने यो परीक्षाको आवेदन आगामी साउन २६ गतेदेखि ३१ गते सम्म खुला रहनेछ।
ईपीएस प्रणालीअन्तर्गत कृषि तथा पशुपालन र उत्पादनमुलक क्षेत्रमा काम गर्न चाहने उम्मेदवारहरूका लागि यो भाषा परीक्षा आवेदन खुल्ला भएको हो । उत्पादनमुलक क्षेत्रतर्फ ३५०० र कृषी तथा पशुपालनतर्फ १८०० गरी कुल ५ हजार ३ सय परिक्षार्थी उतिर्ण गर्ने अनुमानित संख्या तोकिएको छ । १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । आवेदन https://eoers.epsnepal.gov.np मा गई अनलाईन मार्फत भर्नुपर्नेछ । फारम शुल्क २८ अमेरिकी डलर लाग्ने शाखाले जनाएको छ । परिक्षा काठमाण्डौमा हुने र परिक्षा मिती भने पछि जानकारी गराउने बताईएको छ ।