श्रावणमा ६८ हजार ले लिए अन्तिम श्रम स्वीकृति

काठमाडौं — आर्थिक वर्ष २०८२र८३ को श्रावण महिनामा कुल ६८ हजार ११० नेपाली श्रमिकलाई वैदेशिक रोजगारीको अन्तिम श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले प्रकाशित विवरणअनुसार, यस अवधिमा ५८ हजार ९४८ पुरुष र ९१६२ महिला ले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति पाएका हुन् । गत वर्ष श्रावण मा करिब ५९ हजार श्रमिकले अन्तिम श्रम स्वीकृति पाएका थिए। यस वर्ष यो संख्या करिब ९ हजारले बढी हो ।

प्रमुख गन्तव्य

  • सबैभन्दा धेरै श्रमिक संयुक्त अरब इमिरेट्स (UAE) पुगेका छन् — करिब २३ हजार ८३८ जना
  • त्यसपछि साउदी अरब (९८८५), कतार (१२,०८४), मलेसिया (५६२३), र कुवेत (४०७०) प्रमुख गन्तव्य बनेका छन्।

जिल्ला अनुसार

जिल्लामध्ये सबैभन्दा बढी श्रमिक धनुषा (३३४८), सिरहा (२८५५), सर्लाही (२१४४), रुपन्देही (२१०३)झापा (२९६१) बाट वैदेशिक रोजगारीका लागि गएका छन्। काठमाण्डौंबाट पनि करिब ८५९ जनाले अन्तिम स्वीकृति लिएका छन्।

सम्बन्धित समाचार