कोरियाको ईपीएस भाषा परीक्षा आवेदन खुल्यो

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले दक्षिण कोरियामा रोजगारीका लागि नेपाली कामदार छनोट गर्न कोरियन भाषा परिक्षाको आवेदन आह्वान गरेको छ। ईपीएस शाखाले सार्वजनिक गरेको सूचनाअनुसार यस चरणमा कुल ७ हजार २०० जना नेपाली कामदार छनोट गरिनेछ।

उत्पादनमूलक क्षेत्रमा ५ हजार जना, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार जना, सेवा क्षेत्रमा १०० जना तथा वन क्षेत्रमा १०० जना कामदार छनोट गरिने जनाइएको छ। छनोट प्रक्रिया दक्षिण कोरियाको Point Based Selection System (PBSS) अनुसार सञ्चालन हुनेछ, जसमा भाषा दक्षता, सीप, कार्यक्षमता तथा अन्य निर्धारित मापदण्डका आधारमा उम्मेदवारको मूल्याङ्कन गरिनेछ।

ईपीएस शाखाका अनुसार इच्छुक १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले जुलाई २७ देखि अगष्ट २ सम्म अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार