एनएमबी लघुवित्तमा रोजगारीको अवसर

एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ। संस्थाले विभिन्न विभागका पदमा कर्मचारी भर्नाका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

प्रकाशित सूचनाअनुसार आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि, शाखा प्रमुख र फिल्ड सहायक पदका लागि आवेदन खुलाइएको छ। नियुक्ति संस्थाको केन्द्रीय कार्यालय तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न शाखामा हुनेछ।

इच्छुक उम्मेदवारले २०८३ साउन २९ गते सम्म संस्थाको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। सम्बन्धित पदअनुसार शैक्षिक योग्यता, अनुभव तथा उमेर सीमा तोकिएको छ।

संस्थाका अनुसार उम्मेदवारको छनोट अन्तर्वार्ता र कम्प्युटर सीप परीक्षणका आधारमा गरिनेछ।

सम्बन्धित समाचार