भदौमा ६० हजारले लिए श्रम स्वीकृति

भदौ २०८३ मा वैदेशिक रोजगारीका लागि ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार १७ अगस्टदेखि १६ सेप्टेम्बर २०२६ सम्मको अवधिमा कुल ६० हजार ४२ जनाको श्रम स्वीकृति भएको हो।

श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ जना पुरुष र ८ हजार १९९ जना महिला रहेका छन्। विभागको विवरणअनुसार यो अवधिमा नयाँ व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति, जी–टु–जी, पुनःप्रवेश तथा वैधानिकीकरणमार्फत श्रम स्वीकृति जारी गरिएको हो।

देशगत विवरण हेर्दा संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो स्थानमा रहेको छ। यूएईका लागि कुल १८ हजार ४७७ जनाको श्रम स्वीकृति भएको छ। त्यस्तै कतारका लागि १० हजार ४७१, मलेसियाका लागि ८ हजार ९१ र साउदी अरबका लागि ६ हजार ७८७ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यसैगरी कुवेतका लागि ३ हजार ८९८, रोमानियाका लागि १ हजार ७९३, जापानका लागि १ हजार १३०, ओमानका लागि १ हजार ९५ र दक्षिण कोरियाका लागि ९०३ जनाको श्रम स्वीकृति भएको विभागको तथ्यांकमा उल्लेख छ।

सीपको आधारमा हेर्दा सबैभन्दा धेरै श्रम स्वीकृति स्किल्ड श्रेणीका ३४ हजार १६७ जनाले लिएका छन्। त्यसपछि अनस्किल्ड १६ हजार ५८, सेमी–स्किल्ड ९ हजार ४६६, प्रोफेसनल २७१ र हाई–स्किल्ड ८० जनाले श्रम स्वीकृति लिएका छन्।भदौ २०८३ मा वैदेशिक रोजगारीका लागि ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार १७ अगस्टदेखि १६ सेप्टेम्बर २०२६ सम्मको अवधिमा कुल ६० हजार ४२ जनाको श्रम स्वीकृति भएको हो।

श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ जना पुरुष र ८ हजार १९९ जना महिला रहेका छन्। विभागको विवरणअनुसार यो अवधिमा नयाँ व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति, जी–टु–जी, पुनःप्रवेश तथा वैधानिकीकरणमार्फत श्रम स्वीकृति जारी गरिएको हो।

देशगत विवरण हेर्दा संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो स्थानमा रहेको छ। यूएईका लागि कुल १८ हजार ४७७ जनाको श्रम स्वीकृति भएको छ। त्यस्तै कतारका लागि १० हजार ४७१, मलेसियाका लागि ८ हजार ९१ र साउदी अरबका लागि ६ हजार ७८७ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यसैगरी कुवेतका लागि ३ हजार ८९८, रोमानियाका लागि १ हजार ७९३, जापानका लागि १ हजार १३०, ओमानका लागि १ हजार ९५ र दक्षिण कोरियाका लागि ९०३ जनाको श्रम स्वीकृति भएको विभागको तथ्यांकमा उल्लेख छ।

सीपको आधारमा हेर्दा सबैभन्दा धेरै श्रम स्वीकृति स्किल्ड श्रेणीका ३४ हजार १६७ जनाले लिएका छन्। त्यसपछि अनस्किल्ड १६ हजार ५८, सेमी–स्किल्ड ९ हजार ४६६, प्रोफेसनल २७१ र हाई–स्किल्ड ८० जनाले श्रम स्वीकृति लिएका छन्।

सम्बन्धित समाचार