काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर पनि सम्पर्कमा नआएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले सूचना जारी गरेको छ।
वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिएर विभागले विभिन्न मितिमा पक्राउ पुर्जी जारी गरेका व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको हो।
तोकिएको समयभित्र सम्पर्कमा नआएमा सम्बन्धित व्यक्तिहरूको बैंकिङ कारोबार हुने खाता तथा यात्रा अनुमति रोक्का राख्नेलगायतका कानुनी प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने स्पष्ट पारेको छ।

You must be logged in to post a comment.