शैक्षिक परामर्श दातृहरुको संस्था नेपाल अन्तराष्ट्रिय शिक्षा प्रवद्र्धक प्रतिनिधि आइरिनले आफ्नो ११ औ वार्षिक साधारण सभा गत विहिवार सम्पन्न गरेको छ । स्थापनाको एक दशक पार गरेको आइरिनको साधारण सभाको उदघाटन आइरिनका अध्यक्ष हेमन्त भट्टराइ तथा संस्थापक अध्यक्ष उत्तमप्रसाद पन्तले दिप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष पन्तले आइरिन स्थापनाको उदेश्यलाई आत्मासाथ गरेर सदस्य सस्थाहरुले काम गर्नुपर्नेमा जोड दिए । आइरिनको मापदण्ड पुरा गरेका, कार्यशैली मिल्ने र नैतिकतामा बसेर काम गरिरहेका इच्छुक शैक्षिक परामर्शदातृहरुलाई सदस्यता दिनुपर्ने उनको भनाइ थियो ।
साधारण सभामा बोल्दै पुर्व अध्यक्ष कुमार कार्कीले आइरिनको संस्थागत विकासका लागि सम्पुर्ण सदस्यहरुको साथ सहयोग आवश्यक रहेकाले सहयोग माग्न कार्यसमितिलाई आग्रह गरे । आइरिन व्यवसायीकरुपमा शैक्षिक परामर्श गर्र्नेहरुको संस्था भएकाले कहिँकतै सदस्यहरुबाट गलत अभ्यासहरु भइरहेको छ भने सचेत गराउनुपर्नेमा जोड कार्कीले जोड दिए ।
आईरिनका निवर्तमान अध्यक्ष मनोज पराजुलीले संस्थामा रहेका सदस्यहरु बिच आपसी सहयोग समन्वय साटासाट गर्नुपर्ने वताए ।
साधारण सभालाई सम्बोधन गर्दै आइरिनका अध्यक्ष हेमन्त भट्टराइले शैक्षिक परामर्शको क्षेत्र अहिले जटिल परिस्थीतीबाट गुर्जिरहेको भन्दै पेशागत अन्य संघसंस्थाहरुसँग हातेमालो गरेर व्यवसायीक हितमा काम गर्नुपर्ने अवस्था आएको वताए । जस्तोसुकै काम गरेर भएपनि पैसा कमाउने तर्फ आइरिनका सदस्यहरु नलागेको भन्दै गलत कार्य नगर्न सबैलाई आग्रह समेत गरेका थिए । विदेशमा अध्ययन गर्न जाने विद्यार्थिहरु र व्यवसायीहरुको हकहितका सम्बन्धमा आइरिनले निरन्तर आफ्ना कार्यहरु अगाडि बढाउने उनको भनाइ थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यत्तित्वहरुलाइ आइरिनले मायाको चिनो प्रदान गरेको थियो । ११ औ वार्षिक साधारण सभाकै अवसरमा आइरिनले नयाँ थपिएका सदस्य संस्थालाई सदस्यता प्रमाणपत्र उपलब्ध गराएको थियो । हाल आइरिनमा ३३ वटा शैक्षिक परामर्शदातृ संस्थाहरु आवद्ध रहेका छन ।
आइरिनको ११ औँ वार्षिक साधारण सभा सम्पन्न