मंगलबारबाट इम्पेरियल वर्ल्ड स्कुलले आयोजना गरेको अन्तरविद्यालय फुटबल टुर्नामेन्ट प्रतियोगिता को उपाधि बृहस्पती विद्यासदनले जितेको छ । । इम्पेरियलमा पुस ७ भएकोे फाइनल खेलमा बृहस्पती विद्यासदनले लोयल्टी एकेडेमीलाइ पछि पार्दै उपाधी चुमेको हो । राजधानीका १६ विद्यालयको सहभागीता रहेको प्रतियोगिताका विजेता उपविजेता तथा सहभागी विद्यालयहरुलाई इम्पेरियलका अध्यक्ष कुमार कार्की र प्रिन्सीपल जुनिता कार्कीले शिल्ड, प्रमाण पत्र तथा मेडल प्रदान गरेका थिए ।
खेलबाट विद्यार्थिहरुमा अनुशासनसँगै धेरै विषयको सिकाइ हुने भएकाले अन्तर विद्यालय फुटवल प्रतियोगिता आयोजना गरिएको इम्पेरियल वर्ल्ड स्कुलका प्रिन्सीपल जुनिता कार्कीले वताए। उनले सफलता पूर्वक प्रतियोगिता सम्पन्न भएको भन्दै आगामी दिनमा पनि फुटबल सँगै अन्य प्रतियोगिताहरु निरन्तर आयोजना गरिने जानकारी दिए।