माध्यमिक शिक्षा परीक्षा (SEE) आजदेखि सुरु भएको छ।
यस वर्ष सबै केन्द्रहरूमा गरी कुल ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन्। राष्ट्रिय परिक्षा बोर्डले परीक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नयाँ अभ्यास लागू गरेको जनाएको छ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालनमा आएको छ भने परीक्षा शान्तिपूर्ण रूपमा भएको जनाएको छ।
बोर्डका अनुसार यसपटक उत्तरपुस्तिका परीक्षण प्रणालीमा परिवर्तन गर्दै विकेन्द्रीकृत मोडेल अपनाइएको छ। अब अधिकांश उत्तरपुस्तिका सम्बन्धित केन्द्रमै परीक्षण गरिने भएकाले समय बचत हुने अपेक्षा गरिएको छ।
सरकारले परीक्षा सकिएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ। यसका लागि आवश्यक तयारी अघि बढाइएको बोर्डले जनाएको छ।
परीक्षा निष्पक्ष र सुरक्षित बनाउन आवश्यक व्यवस्थापन मिलाइएको छ भने कुनै केन्द्रमा आवश्यक जनशक्ति वा सुरक्षा चुनौती देखिएमा वैकल्पिक व्यवस्था गरिने बताइएको छ।