त्रिभुवन विश्वविद्यालयको ५१औं दिक्षान्त समारोहबाट विहीबार ८९ हजार १ सय ९२ विद्यार्थीलाई दिक्षित हुदैछन् । दशरथ रंगशालामा आयोजित समारोहमा स्नातकदेखि विद्यावारिधि तहसम्मको उतिर्ण विद्यर्थीैहरुलाइ उपाधि प्रदान गरिदैछ । यद्यपी दीक्षान्त कार्यक्रममा १६ हजार ३ सय ८० विद्यार्थीले मात्र सहभागिता जनाउने भएका छन्।
सबैभन्दा बढी व्यवस्थापन संकायका विद्यार्थी सहभागी छन्—४३ हजार ६ सय १० विद्यार्थीले उपाधि पाएका छन् र ७ हजार ८ सय ४९ विद्यार्थी समारोहमा आउँदैछन्। शिक्षा संकायमा १६ हजार ४ सय ६७, मानविकी र सामाजिकशास्त्रमा १४ हजार ८ सय ५१, विज्ञान र प्रविधिमा ७ हजार ४ सय ६४, चिकित्सा शिक्षामा २ हजार २ सय ८०, कानुनमा २ हजार ३ सय ३५, इन्जिनियरिङमा १ हजार ४ सय ६३, कृषि र पशुपन्छीमा ४ सय ७६ र वन विज्ञानमा २ सय ४५ विद्यार्थी दीक्षित हुनेछन्। विद्यावारिधि तहमा १५२ विद्यार्थी छन्।
समारोहको प्रमुख अतिथि नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता रहनेछन्। कार्यक्रममा २७ पदक र पुरस्कार वितरण गरिनेछ। प्रधानमन्त्री, कुलपति र सहकुलपतिसमेत उपस्थित भएर प्रमाणपत्र प्रदान गर्नेछन्।