५५ वर्ष शिक्षणमा समर्पित पाण्डे भन्छन्–“शैक्षिक गुणस्तर सुधार्ने माग त शिक्षकहरूबाट कहाँ आयो र खै?”

२३ दिनदेखि देशभरका शिक्षकहरू आन्दोलित छन्— नयाँ कक्षा शुरु हुनुपर्ने अहिलेको समयमा विद्यालयहरु बन्द छन् , कक्षाकोठा सुनसान। नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने, अस्थायी, राहत, करार, बालविकास लगाएतका शिक्षकलाई स्थायिकरण गरी उमेर सीमा हटाउनुपर्ने, विद्यालय कर्मचारी दरबन्दी राख्नुपर्ने, स्थायिकरण, पेन्सन, र शिक्षक बढुवाको व्यवस्था गर्दै मूल्याङ्कन प्रणालीमा सुधार ल्याउनु पर्ने शिक्षक काउन्सिल गठन, पेसा प्रवेशको उमेर ४० वर्ष सीमित, प्रधानाध्यापकको अलग दरबन्दी लगाएतका मागहरु राखि नयाँ शैक्षिक सत्र शुरु गर्ने समयमा देशभरका शिक्षकहरु विद्यालय बन्द गरी ३ हप्ता देखि राजधानीमा छन् । सरकार र शिक्षकहरुबिच कुनै सहमति भइहाल्ने छाँटकाट देखिएको छैन । यही अन्यौलताको बिच हामीले ५५ वर्षदेखि शिक्षण पेशामा समर्पित रमेश पाण्डेसँग शिक्षक आन्दोलनकाबारे केहि ज्ञिजासा राखेका छौं ।

सम्बन्धित समाचार