अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने तयारी

अस्ट्रेलियाको संसदले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयक अनुमोदन गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, यो विधेयक बुधबार अस्ट्रेलियाली संसदको तल्लो सदन र बिहीबार सिनेटबाट पारित भएको हो।विधेयक पारित भएपछि अब अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन्। तर, यो कानुन कम्तीमा १२ महिनापछि लागू हुने बीबीसीले जनाएको छ।

यदि प्राविधिक कम्पनीहरूले यस कानुनको पालना गरेनन् भने उनीहरूलाई ५ करोड अस्ट्रेलियाली डलर (नेपाली करिब ४ अर्ब ४० करोड रुपैयाँ) जरिवाना लाग्नेछ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस कानुनलाई बालबालिकालाई सामाजिक सञ्जालको खतराबाट जोगाउन आवश्यक रहेको बताएका छन्। धेरै अभिभावकहरूले पनि यस कदमसँग सहमति जनाएका छन्।

तर आलोचकहरूले यो प्रतिबन्धले कसरी कार्यान्वयन हुने र यसले गोपनीयता र सामाजिक सम्बन्धहरूमा कस्तो प्रभाव पार्ने भन्ने बारेमा प्रश्न उठाएका छन्।

सम्बन्धित समाचार