न्यौपानेको अध्यक्षतामा आप्रवासन सञ्जालमा नयाँ नेतृत्व चयन

आप्रवासनको क्षेत्रमा क्रियाशिल संस्थाहरुको छाता संगठन सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालमा कृष्ण प्रसाद न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। मंगलबार ललितपुरको गोदाबरीमा सम्पन्न संजालको सम्पन्न अठारौँ वार्षिक साधारण सभा तथा नवौँ महाधिवेशनले दुई वर्षका लागि पिपुल फोरमका न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको हो।

संजालको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा एबीसी नेपालकी चाँदनी राना, महासचिवमा माइती नेपालकी उमा केसी तामाङ, कोषाध्यक्षमा एफएनबी नेपालका निर्मल कुमार उप्रेती चयन भएका छन्।

सदस्यहरुमा पौरखी नेपालकी सत्र कुमारी गुरुङ, निड्स नेपालका प्रकाश चन्द्र मडै, आमकास नेपालकी गङ्गा लिम्बु, लिड्स नेपालकी सरस्वती श्रेष्ठ, र रोयम नेपालका लुभ राज न्यौपाने सर्वसम्मत निर्वाचित भएका हुन् ।
संजालको नवनिर्वाचित कार्यसमितिलाई संस्थापक अध्यक्ष डा.गणेश गुरुङले सपथ गराएका थिए ।

सपथपछि नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले आप्रवासी श्रमिकका अधिकार र सुरक्षाको सवालमा सञ्जाललाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउन आफ्नो नेतृत्व सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार