अध्यागमन विभागले खाडी मुलुक, मलेसिया र थाइल्याण्डतर्फ वैदेशिक रोजगारी र भिजिट भिसा मार्फत प्रस्थान गर्ने नेपाली नागरिकको अवस्था, प्रवृत्ति र जोखिमबारे भर्चुअल बैठक सम्पन्न भएको छ।
परराष्ट्र मन्त्रालयको समन्वयमा आयोजित बैठकमा नौ वटा मुलुकमा रहेका नेपाली राजदूत, श्रम सहचारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कन्सुलर सेवा विभागका प्रतिनिधिहरू उपस्थित थिए। बैठकको मुख्य उद्देश्य हालै सम्पन्न Gen Z आन्दोलन बाट उठेका युवा भावनाहरू, उनीहरूको अपेक्षा र वैदेशिक रोजगारीमा पर्ने प्रभावहरूलाई सम्बोधन गर्ने उपाय खोज्नु थियो।
बैठकमा उठाइएका मुख्य बुँदाहरू
- कुशासन हटाउने प्रयास
वैदेशिक रोजगारीमा कुशासन रहेको धारणा हटाउन दीर्घकालीन रणनीति आवश्यक। युवा पुस्ताको भावना र Gen Z आन्दोलनको संदेशलाई समेट्दै नीति सुधार गर्नुपर्ने। - भिजिट भिसा नियममा सुधार
भिजिट भिसा प्रक्रियाले नागरिकको समय र स्रोत खर्च बढाउँछ भन्ने विषयमा समसामयिक परिमार्जन गर्नुपर्ने। - विदेशस्थित नियोगको सक्रिय भूमिका
समस्यामा परेका श्रमिक र नागरिकको उद्धार, सुरक्षा सुनिश्चितता र प्रविधि उपयोगमा विदेशस्थित दूतावास र श्रम सहचारीको भूमिका महत्वपूर्ण। - डेटा साझेदारी र प्रणाली अन्तरसम्पर्क
दूतावास, श्रम सहचारी र अध्यागमन विभागबीच Integrated System विकास गरी Data Sharing र विभिन्न निकायको प्रणालीलाई Interoperable बनाउने। - बीमा अनिवार्य गर्ने व्यवस्था
भिजिट भिसामा जाने नेपाली नागरिकको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न बीमा अनिवार्य। - उद्धार कोष स्थापना
विदेशमा समस्या परेका नागरिकको उद्धारका लागि दूतावासस्तरमा उद्धार कोषको स्थापना। - घरेलु कामदार व्यवस्थापन
घरेलु कामदार पठाउन विशेष कानून निर्माण गरी वैधानिक माध्यमबाट मात्र रोजगार पठाउने। अनौपचारिक माध्यमबाट जाने प्रवृत्ति रोक्न जरुरी। - बिचौलियाको प्रभाव नियन्त्रण
वैदेशिक रोजगारमा बिचौलियाको अनियन्त्रित प्रभाव शून्य पार्ने, म्यानपावर एजेन्सीलाई थप जिम्मेवार बनाउने। - देशको छवि सुधार र सूचना साझेदारी
UAE मा भिसामा कडाइ, Oman र कुवेतमा गैरकानुनी माध्यमबाट नेपाली लैजाने जोखिम, नक्कली कागजात पेश गर्ने व्यक्तिको कारवाही सुनिश्चित। - सुरक्षा सचेतना अभियान
UAE मा ३ लाख ८१ हजार नेपाली कामदार छन्, जेलमा ५४८, प्रत्येक महिनामा करिब २५–३० मृत्यु (आत्महत्या मुख्य कारण) हुने। यसलाई ध्यानमा राख्दै स्थानीय तहदेखि सचेतना कार्यक्रम। - विमानस्थलमा व्यवस्थापन
भिजिट भिसामा जाने व्यक्तिका लागि श्रम डेस्क पुनःस्थापना र Departure Pre-verification अनिवार्य।
बैठकमा सहभागीहरूले वैदेशिक रोजगारीका जोखिम न्यून, नागरिकको सुरक्षा सुनिश्चित, र वैदेशिक रोजगारी प्रणालीलाई पारदर्शी बनाउन दूतावास, श्रम सहचारी, अध्यागमन विभाग र सम्बन्धित निकायबीच सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेकोमा जोड दिएका छन्।