श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले तालिमका नाममा काममा लगाइएका श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा सुविधाबाट वञ्चित नगर्न स्पष्ट निर्देशन दिएको छ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार श्रम ऐन, २०७४ अनुसार तालिमे श्रमिकलाई समेत न्यूनतम पारिश्रमिक, बिदा, बीमा, उपदान तथा अन्य सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउनु रोजगारदाताको कानुनी दायित्व हो। तर विभिन्न अस्पताल, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा अन्य प्रतिष्ठानमा कार्यरत प्रशिक्षार्थीहरूबाट यस्तो सुविधा नपाएको गुनासो आएपछि मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको हो।
मन्त्रालयले सबै रोजगारदातालाई प्रचलित कानुनको पूर्ण पालना गर्न आग्रह गर्दै, न्यूनतम पारिश्रमिक लगायतका सुविधाबाट वञ्चित गरिए कानुनी कारबाही हुने चेतावनी दिएको छ। साथै सम्बन्धित संस्था र सरोकारवालाहरूलाई श्रमिकको अधिकार सुनिश्चित गर्न अपिल गरिएको छ।

You must be logged in to post a comment.