वैदेशिक रोजगारको विज्ञापन अब ‘श्रमसंसार’ पोर्टलमार्फत

काठमाडौं । अब वैदेशिक रोजगारको विज्ञापन सजिलै श्रमसंसार पोर्टलमार्फत हेर्न सकिने भएको छ। वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारमा जान चाहने आधिकारिक वेबसाइट https://shramsansar.gov.np मा गई “श्रमसंसार” एप वा पोर्टलमार्फत नवीनतम रोजगार विज्ञापन हेर्न सक्ने व्यवस्था गरिएको हो।

यस प्रणालीले श्रमिकलाई विश्वसनीय र अद्यावधिक सूचनासम्म पहुँच पुर्‍याउनेछ, जसमा रोजगारीको विवरण, आवश्यक योग्यता, तलब, सुविधा र करार अवधि सम्बन्धी जानकारी समावेश हुनेछन्। विदेश स्थीत नेपाली दूतावासहरुले मागपत्र प्रमाणिकरण गरी पूर्व स्वीकृति लिएपछि सो मागको विज्ञापन श्रमसंसार पोर्टलमा देखिने व्यवस्था विभागले मिलाइएको हो ।

यस सुविधाबाट वैदेशिक रोजगारीमा जाने इच्छा भएका व्यक्तिहरूले अब बिचौलिया वा अविश्वसनीय स्रोतको भर नपरी सिधै अनलाइनबाट जानकारी पाउन सक्नेछन्, जसले ठगी र धोका हुने सम्भावना घटाउने विभागको विश्वास छ। अनाधिकृत रुपमा प्रचार प्रसार गरिएको विज्ञापनको विस्वास नगरी सरकारी संयन्त्रको सूचना श्रोतलाई हेर्न विभागले आग्रह गरेको छ ।

सम्बन्धित समाचार