नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २४ गते निर्वाचन गर्ने भएको छ। विशेष अधिवेशनमार्फत हुने निर्वाचनका लागि सदस्यता नवीकरणदेखि चुनावी गतिविधि तीव्र बनेको छ। बहुमत पदाधिकारीहरूले राजीनामा दिएपछि संघको कार्यसमिति स्वतः विघटन भएको र जिल्ला प्रशासन कार्यालय काठमाडौंले विधानअनुसार निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि चुनावी प्रकृया अगाडी बढेको हो ।
बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रबन्ध समितिले निर्वाचनको प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको जानकारी दिएको छ। प्रबन्ध समिति सदस्य राजेन्द्र भण्डारीले संघले जेठ २४ गते नयाँ नेतृत्व पाउने बताउँदै निर्वाचनमा व्यवसायीहरुको उत्साहजनक सहभागीता रहने बताए ।
कार्यसमिति विघटनपछि संघभित्रको लामो विवाद अन्त्य गर्दै नयाँ नेतृत्व चयनमार्फत संगठनलाई पुनः सक्रिय र एकताबद्ध बनाई वैदेशिक रोजगार क्षेत्रका विकृति हटाउन सरकारसँग सहकार्य गर्ने बताए । संघको तर्फबाट सरकारसँग सकरात्मक छलफल शुरु भईसकेको उनको भनाई थियो । २४ गते नै निर्वाचन भएकाले संघ परिसरमा सदस्यता नविकरका र निर्वाचनमा सहभागिताका लागि व्यवसायीहरुको चहलपहल बढेको छ ।