प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी ले ४० लाख मतको आँकडा पार गर्दै स्पष्ट अग्रता कायम गरेको छ। हालसम्म ८३,०८,८१३ मत गणना हुँदा उक्त पार्टीले ४०,१०,०१७ मत (करिब ४८.२६%) प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली काँग्रेस ले १३,४९,७८९ मत (१६.२४%) प्राप्त गरेको छ भने तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) रहेको छ, जसले ११,४३,९०१ मत (१३.७७%) ल्याएको छ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी ले ५,८८,०९२ मत (७.०८%) प्राप्त गरेको छ।
यसैबीच हर्क साम्पाङ नेतृत्वसँग जोडिएको श्रम संस्कृति पार्टी ले २,९०,०१८ मत (३.४९%) प्राप्त गर्दै समानुपातिकको थ्रेसहोल्ड पार गर्ने संकेत देखिएको छ।
उता राष्ट्रिय प्रजातन्त्र पार्टी भने हालसम्म २,७५,१६२ मत (३.३१%) सहित छैटौं स्थानमा देखिएको छ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ मतगणना अझै जारी रहेको छ। समानुपातिक तर्फ १ करोड ९ लाख मत खसेको थियो ।