राहदानीमा ‘Employment is strictly prohibited’ लेख्ने कर्मचारी कारबाहीमा

काठमाडौं — अध्यागमन विभाग ले ‘Visit Visa’ सम्बन्धी राहदानीमा “Employment is strictly prohibited” उल्लेख गर्ने कार्य आफ्नो आधिकारिक नीति नभएको स्पष्ट पारेको छ। विभागले उक्त वाक्यांश लेख्ने सम्बन्धित कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

विभागद्वारा जारी प्रेस विज्ञप्तिमा, कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई शर्त तोकेर प्रस्थान अनुमति दिने नीति वा निर्णय नरहेको उल्लेख गरिएको छ। यसरी अनधिकृत रूपमा अतिरिक्त सर्त राख्ने कार्यलाई गम्भीर त्रुटि मानिएको छ।

हाल सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ‘Visit Visa’ मा विदेश जाने नागरिकका राहदानीमा उक्त वाक्य लेखिएको विषय सार्वजनिक भएपछि विभागले आन्तरिक छानबिन सुरु गरेको हो। प्रारम्भिक रूपमा यस कार्यमा संलग्न कर्मचारीलाई जिम्मेवार ठहर गर्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।

विभागले यस्ता अनियमितता दोहोरिन नदिन कडाइका साथ निगरानी गर्ने र सेवा प्रवाहलाई पारदर्शी तथा व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, नागरिकलाई भ्रममा नपर्न र आधिकारिक सूचना मात्र अनुसरण गर्न आग्रह गरिएको छ।

सम्बन्धित समाचार